अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । अघिल्ला ६ कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार ६ सय ३५ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।
आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
नेप्से घटेको दिन कारोबार रकम भने सात अर्ब रुपैयाँ नाघेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड ५७ लाख कित्ता शेयर सात अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन हिजो ६ अर्ब ४० करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।