फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् ।
वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि https://vaccine.mohp.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ । कबुलियतनामा 'रिक्वेस्ट फर्म"बाटै डाउनलाेड गर्न सकिन्छ, साथै फारम भर्ने ठाउँमा पनि उपलब्ध हुने विभागले जनाएकाे छ ।
तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।
अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् ।
Milan Gole
Oct. 6, 2021, 12:42 p.m.Good
raju mijar
Aug. 8, 2021, 5:20 p.m.I want to go kuwait.
Hom kumar shrestha
Aug. 8, 2021, 4:44 p.m.Good
Amrit Simkhada
Aug. 8, 2021, 12:32 p.m.सबै भरेपनि प्रोसेस भएन , किन होला ? के भएको ??
Kumar babu Shrestha
Aug. 7, 2021, 5:50 p.m.एकदम राम्रो काम
binod Kumar baniya
Aug. 7, 2021, 3:12 p.m.binod Kumar baniya working for BK gulf
Dipak sarki
Aug. 7, 2021, 10:19 a.m.Hello sir, I have visa and tickets so I need vaccine verified QR code satisfaction
Roshan shrestha
Aug. 7, 2021, 5:35 a.m.Qr code
Santosh rai
Aug. 6, 2021, 5:37 p.m.मलाई क्यु आर कोडको फारम ...
Rajansur Rai
Aug. 6, 2021, 11:41 a.m.I needs this certificate as soon as much plz ..
Bhola prasad Timalsina
Aug. 6, 2021, 8:38 a.m.Thank you so much
Hari khadka
Aug. 5, 2021, 8:31 p.m.it's good