फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – बहराइनमा कागजातविहीन अर्थात ‘अनडकुमेन्टेड’ भएर अहिलेसम्म खाेप लगाउन नपाएका नेपाली श्रमिकले भोलि खोप लगाउन पाउने भएका छन् । बहराइनमा रहेको नेपाली दूतावासमा खोप लगाउनको लागि रजिष्ट्रेशन गर्नुभएका ‘अनडकुमेन्टेड’ नेपाली श्रमिकलाई मंगलबार खोप लगाइने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सित्रा कम्प्लेक्समा खोप लगाउने कार्यक्रम रहेको छ । दूतावासमा रजिष्ट्रेशन गर्नुभएका सबैलाई भोलि खोप लगाउन र नगरेकालाई चाँडोभन्दा चाँडो रजिष्ट्रेशन गर्न पनि दूतावासले आग्रह गरेको छ ।