सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – गएको मंसिर महिनामा भन्दा पुस महिनामा वैदेशिक रोजगारीमा जाने घटेका छन् ।
मंसिर महिनामा वैदेशिक रोजगारीमा जान ७४ हजार ३५४ श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या घटेर पुस महिनामा ६६ हजारमा झरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार विभिन्न म्यानपावर एजेन्सीमार्फत, व्यक्तिगत रूपमा, वैधानिकिकरण र पुन श्रम स्वीकृति गरी पुस महिनामा श्रम लिनेको सङ्ख्या ६६ हजार ६ सय २५ रहेको छ ।
श्रम लिनेमा ६२ हजार २७३ जना पुरुष र ४ हजार ३ सय ५२ जना महिला रहेका छन् ।
सबैभन्दा धेरै अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ३४ हजार जना अदक्ष श्रमिक रहेका छन् भने २५ हजार ५९१ जना दक्ष श्रमिक रहेका छन् ।
यस्तै अर्धदक्ष ६ हजार ९०९ जनाले, उच्च सीप भएका १६ जनाले र व्यवसायीक श्रम स्वीकृति १०९ जनाले लिएका छन् ।
मंसिर महिनामा पुनः श्रम स्वीकृति समेत गरी ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।
यीमध्ये ३४ हजार ४९७ ले पहिलो पटक श्रम स्वीकृति लिएका र बाँकीले दोस्रो पटक श्रम लिएको विभागले जनाएको छ ।