सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – नयाँ राहदानी बनाएपछि हराएको वा चोरी भएको राहदानी भेटिएमा त्यसको प्रयोग गरी यात्रा नगर्न राहदानी विभागले अनुरोध गरेको छ ।
हराएर, चोरी भएर वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेपछि त्यसबाट यात्रा गरेमा कारबाही समेत हुन सक्ने विभागले जनाएको छ । विभागले एक सूचना जारी गर्दै नयाँ राहदानी बनाएपछि नयाँ मात्र प्रयोग गर्न भनेको हो ।
पछिल्लो समय विभागले विद्युतीय राहदानी जारी गरिरहेको छ । तर विभागले कोरोना महामारीको कारण गएको पुस ३० गतेदेखि राहदानी सम्बन्धी सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक कामका लागि बाहेक विभागले राहदानी जारी गर्ने छैन ।
पहिले नै विभागले दिएको बुकिङ तथा टोकन समेत अहिले विभागले स्थगित गरेको छ । अवस्था सामान्य हुँदै गएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा दिन थाल्ने जनाएको छ ।
विदेशमा उपचार गर्न जाने तथा अत्यन्त जरुरी काम परेको अवस्थामा भने इमेलमार्फत अनलाइन भरेको फारम, आवश्यक प्रमाण र कारणसहित अनुरोध गर्न सकिनेछ । इमेल [email protected] मा गर्न सकिने छ ।
विभागले सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृति भएका निवेदन बारे जानकारी गराउने छ । निवेदन स्वीकृति भएमा इमेल प्रिन्ट गरी तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न सकिन्छ ।