एक वर्षको अवधिमा २२४ नेपालीले साउदीमा ज्यान गुमाए, ३५ जनाको उतै अन्त्येष्टि

 फागुन ३, २०७८ मंगलबार ११:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्यान गएको छ ।

सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्यान गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । ज्यान गुमाएका मध्ये एक सय ८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ । 

मृतक नेपालीले मृत्यु हुनुअघि साउदीमा पाउनु पर्ने ३३ लाख ८२ हजार ६ सय ६८ साउदी रियाल प्राप्त गरी दूतावासले स्वदेश पठाएको छ ।

विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली कामदारको ब्लड मनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलो अप गरिएको र अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ । 

२४ वटा फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५ सय ब्लड मनी समेत प्राप्त भई मृतक कामदारको नाममा पठाइएको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया