सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरूलाई आफ्नो वडा कार्यालय वा पालिकामा रहेको रोजगार सेवा केन्द्रमा सूचीकृत हुन अनुरोध गरेको छ ।
तोकिएको मापदण्ड पूरा गरेका नागरिकले फागुन महिना भरि आफू स्थायी बसोबास गरिरहेको वडा वा पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर बेरोजगारको सूचीमा सूचीकृत हुन सक्ने मन्त्रालयले जनाएको छ ।
बेरोजगारको सूचीमा सूचीकृत हुन १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहको हुनु पर्ने छ, निवेदन दिँदाको मितिसम्म यो आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको हुनुपर्छ भने स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी बापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय ५७ हजार ७ सयभन्दा कम हुनुपर्छ ।
रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरे नगरेको प्रमाणित गर्ने छ ।
प्रमाणित भएका निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानबिन गर्नेछ । त्यसपछि बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगरपालिकाबाट स्वीकृतिको लागि सिफारिस गर्छ ।
बेरोजगारको सूचीमा सूचीकृत व्यक्तिले पालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाउनेछन् ।