सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले पनि विद्युतीय राहदानी प्रदान गर्न थालेको छ । दूतावासले हिजो आइतबारदेखि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरु गरेको बहराइनको मनामास्थीत नेपाली दूतावासले जनाएको छ । एमआरपीको अवधि सकिएर नवीकरणको प्रतिक्षामा रहनुभएकी शर्मिला लिम्बुको लाइभ इनरोलमेन्टसँगै यो सेवाको सुरुवात भएको हो ।
लाइभ इनरोलमेन्ट जारी भएको समयमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भच्र्युअल माध्यमबाट दूतावासमा सम्पर्क गर्नुभयो । विद्युतीय राहदानी तदारुकताका साथ जारी गर्न सफल भएकोमा उहाँले कार्यवाहक राजदूता अरुणा घिसिङ साथै दूतावासका कर्मचारीलाई बधाइ दिनुभयो । यस्तै राजदूत घिसिङले पनि आवश्यक उपकरण प्रदान गरेर विद्युतीय राहदानी प्रदान गर्न सहजीकरण गरिदिएकोमा राहदानी विभागप्रति आभार प्रकट गर्नुभयो ।
योसँगै दूतावासबाट अबदेखि विद्युतीय राहदानी मात्रै जारी हुने दूतावासले जनाएको छ । नेपाल सरकारले पछिल्लो समय एमआरपी राहदानीलाई हटाउँदै विद्युतीय राहदानी वितरण गर्न थालेको छ । योसँगै मलेसिया लगायत खाडीका अरु देश कतार,यूएई, साउदी र कुवेतमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरिसकेको छ ।
प्री इनरोलमेन्ट गरेर तोकिएको समयमा दूतावासमा उपस्थित भएका सेवाग्राहीको मात्र दूतावासले बायोमेट्रिक विवरणसहितको प्रक्रिया अघि बढाउँछ ।
सबैभन्दा पहिला https://emrtds.nepalpassport.gov.np लिंकमा जानुहोस् ।
पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीवाहकहरूले नयाँ (New) मा क्लिक गर्ने ।
पुरानो एमआरपी हुनेहरूले नवीकरण (Renewal) मा क्लिक गर्ने ।
राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged) र त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।
त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरू भर्ने । विदेशबाट आवेदन गर्नेकाे हकमा राष्ट्रिय परिचयपत्र नम्बर राख्न नपर्ने ।
आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, अहिले भएको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात छुट्टाछुट्टै स्क्यान गरी अपलोड गर्ने ।
त्यसपछि Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिङ गर्ने र फाराम submit गर्ने ।
त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गरेर दूतावासमा आवेदनका लागि जाँदा फाराम पनि लिएर जानुपर्छ ।
नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै, अहिलेको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै र अहिलेको राहदानी हराएको हकमा प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन चाहिन्छ ।