रवि लामिछानेको मुद्दाको विषयबारे संसद सचिवालयमा कास्की प्रहर...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले युक्रेन–रुस युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।
वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिइ वा नलिइ रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेकाहरुलाई सम्पर्कमा आउन कल सेन्टरले आग्रह गरेको हो । त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले जनाएको छ ।
कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिन्छ । नेपालबाट आफन्तहरुले निःशुल्क फोन नम्बर ११४१ अथवा १६६००१५०००५ मा फोन गर्न सक्नुहुन्छ । यस्तै विदेशबाट ९७७ १ ५९७०००८ फोन नम्बरमा सशुल्क सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ । भाइबर मार्फत +९७७ ९८०१८०००१३ मा सम्पर्क गर्न सकिन्छ । यस्तै कल सेन्टरको फेसकबुक पेज facebook.com/molcallcenter मार्फत पनि सम्पर्क गर्न सकिन्छ । कल सेन्टरकाे इमेल [email protected] मार्फत पनि जानकारी गराउन सकिन्छ ।
यस्तै वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डमा पनि सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ ।