बझाङमा फेरि जीप दुर्घटना, चालकको ज्यान गयो
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगारीको लागि जापान पठाइदिने भन्दै तीन वर्षसम्म कुराउने एक म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले कारबाही थालेको छ ।
पासपोर्ट र पैसा बुझेर तीन वर्षसम्म पनि नपठाएको भन्दै विभागमा आएको उजुरीका आधारमा काठमाण्डौको डिल्लीबजारमा रहेको सूर्य कर्पोरेशन प्रालीलाई विभागले कारबाही गरेको हो ।
यस्तै त्यो म्यानपावरले जापानसहित क्यानडा, अमेरिका लगायत देशमा पठाइदिने भन्दै संकलन गरेका ८० थानभन्दा बढी पासपोर्ट र अन्य कागजात बरामद गरेको विभागले जनाएको छ । गएको शुक्रबार अनुगमनको क्रममा त्यस म्यानपावर कम्पनीमा उपस्थित कर्मचारीलाई समेत प्रहरीको जिम्मा लगाइ आवश्यक कारबाही थालिएको विभागबाट जारी सूचनामा उल्लेख छ ।