तराईका धेरै ठाउँ र उपत्यकामा आज पनि हुस्सु र कुहिरो

 पुष १९, २०८१ शुक्रबार ७:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ ।

अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुसँगै चिसो सिरेठो चल्न थालेपछि तराईको जनजीवन कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ ।

यसैगरी राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

भोलि बिहान पनि तराई तथा काठमाण्डौ उपत्यकाका धेरै  ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया