यूएई श्रम भिसा खोज्ने कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि पहिलो रोजाइमा

 पुष २१, २०८१ आइतबार ९:१८:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त अरब इमिरेट्स (यूएई) विश्वभरिका कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक बजार बनेको छ । ग्लोबल एचआर म्यानेजमेन्ट कम्पनी (डील) ले आफ्नो सन् २०२४ को प्रतिबेदनमा विश्वव्यापी रूपमा श्रम भिसा अर्थात् वर्क भिसा खोज्ने कामदारका लागि यूएई पहिलो रोजाइमा परेको उल्लेख गरेको हो ।

यस्तै डिजिटल व्यापारीका लागि सबैभन्दा बढी रुचाइएको गन्तव्यको सूचीमा यूएई क्षेत्रीय रूपमा पहिलो र विश्वमा पाँचौं स्थानमा परेको समाचार संस्था एएनआइले जनाएको छ । आप्रवासीहरूको लागि बाँच्न र काम गर्नका लागि उत्तम देशहरूको अन्तरदेशीय वर्गीकरणमा विश्वव्यापी रूपमा यूएई चौथो स्थानमा परेको छ । यूएईको लगानीमैत्री वातावरण आर्थिक वृद्धिका लागि आकर्षण हो ।

उन्नत पूर्वाधार, विविध अवसरहरू, डिजिटल रूपान्तरण र स्थिरतामा जोड दिने अग्रगामी रणनीतिहरूका कारण यूएई संसारका मानिसको रोजाइमा पर्दै गएको छ । यूएईले कामदारहरूको अधिकारको सुरक्षा गर्न तथा सुरक्षित र स्थिर कार्य वातावरण सुनिश्चित गर्न विश्वव्यापी मानकहरूको अभ्यास गरेको छ । सन् २०२५ को शुरुवातसँगै  यूएईका उद्योगहरूमा एआई प्रविधिको प्रयोगको माग बढेको छ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया