एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
भारतको छत्तीसगढ राज्यको बीजापुरमा संदिग्ध माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
माओवादी प्रभावित बीजापुरको कुटरू बेन्द्रे सडकमा संदिग्ध माओवादीले 'आईईडी' विस्फोटबाट आक्रमण गर्दा डिस्ट्रिक्ट रिभर्ज गार्डका आठ सुरक्षाकर्मी र एक जना चालक मारिएका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले दन्तेवाडा, नारायणपुर, बस्तर र बीजापुरबाट विशेष कार्यबल र सीआरपीएफको टोली माओवादी अपरेशनबाट फर्किँदै गर्दा आज दिउँसो आक्रमण भएको बताउनुभयो ।
सुरक्षाकर्मीको टोली सवार गाडी थाना कुटरूको गाउँ अम्बेलीको नजिकबाट गइरहेका बेला आईईडी विस्फोट भएको थियो । घटनामा केही सुरक्षाकर्मी घाइते भएका खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।