जय ट्रफी एलिट कप : पुलिस अग्रता बढाउँदै, बाग्मती १ सय ५२ रनल...
पुस २४, २०८१ बुधबार
झापा – झापाको मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले शर्टमा टाँक लगाउने व्यवसाय सञ्चालन गरी मासिक ७० हजार कमाइ गरिरहनुभएको छ ।
१० वर्ष मलेसियामा बसेर फर्कनुभएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र नभई स्थानीय बासिन्दालाई रोजगारी पनि दिनुभएको छ ।
उहाँले तीन वर्षअघि पाँच लाख रुपैयाँको लगानीमा मेचीनगर–१० चाँदनी चोकमा शुरू गर्नुभएको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने शर्ट, कुर्ताहरूको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको खतिवडाले बताउनुभयो । सीप र पूँजी भए मान्छे भोकले नमर्ने तथा आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
दीनानाथ खतिवडाले पाँच जनालाई रोजगारी प्रदान गरेको बताउनुभयो । स्थानीय सरकारको सहयोग पाएमा आउँदा दिनमा मेशिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने उहाँको योजना छ ।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत खतिवडाको उद्यमलाई प्रवद्र्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिनुभयो ।
नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा शुरू भएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।