बागमती प्रदेशअन्तर्गत यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेख शुरू

 फागुन ७, २०८१ बुधबार १८:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बागमती प्रदेश सरकारले भौतिक रूपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख शुरू गरेको छ । भौतिक रूपमा रहेका २५ लाख फाइलको विद्युतीय अभिलेख शुरू गरेको यातायात व्यवस्था कार्यालय गुर्जुधाराका प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार भौतिक रूपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरू भएको हाे । विद्युतीय अभिलेखपछि अभिलेखहरू हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उहाँले बताउनुभयो ।

कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका गाडीको पनि गाडी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेख गरिने बताउनुभयो । कतिपय गाडी घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको उहाँकाे भनाइ छ ।

कर कार्यालयमा गएर लगत कट्टा र खारेज नगरेसम्म करको दायित्व गाडी धनीकै हुने भएकाले प्रयोगविहीन गाडीको लगत कट्टा गर्न यातायात व्यवस्था कार्यालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया