आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

 फागुन ८, २०८१ बिहीबार ५:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज र भोलि देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले निकालेको मौसमी बुलेटिनमा उल्लेख छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसमेत पर्न सक्ने महाशाखाले जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान हेर्नुहोस् :

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया