सम्पत्ति शुद्धीकरणको कालोसूचीबाट जोगिन नेपाललाई दुई वर्षको समय
फागुन १०, २०८१ शनिबार
भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गएराति तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
दुर्घटनामा रामेछापको सुनापति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको ज्यान गएको भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरले जनाएको छ । गम्भीर घाइते भएका तामाङको इवामुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
यस्तै दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । उहाँको ठिमीमा रहेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछापको मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्किनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।