२०८४ को चुनावमा गठबन्धन गर्न कांग्रेस र एमालेलाई प्रचण्डकाे चुनाैती

 फागुन ९, २०८१ शुक्रबार १८:२४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा गठबन्धन गर्न नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिनुभएको छ ।

आज पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो ।

आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीको शहीद पार्कमा बिहान भएको भेटघाट कार्यक्रममा प्रचण्डले शहीद, बेपत्ता र घाइतेका परिवारको उचित मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शहीदकै योगदानका कारण देशमा परिवर्तनको अवस्था सिर्जना भएको भन्दै योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया