‘नेपाल लिटरेचर फेस्टिभल’ फागुन १५ देखि १८ सम्म पोखरामा

 फागुन १०, २०८१ शनिबार १०:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल लिटरेचर फेस्टिभल–२०२५ को बाह्रौँ संस्करण यही फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा धेरै साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।

त्यस्तै ५० भन्दा बढी सेसनमा छलफल हनेछ । प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको प्रवचनसँगै फेस्टिभल शुरु हुनेछ । अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद हुनेछ । प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ ।

त्यस्तै नेपाली सङ्गीतका पप–सम्राट ओमविक्रम विष्टको प्रस्तुति रहने छ भने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । फेस्टिभल बाराहीघाट लेकसाइडमा हुनेछ । पोखरा महानगरपालिका प्रवर्द्धन रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ ।

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको फेस्टिभलका निर्देशक अजित बरालले बताउनुभयो । फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ ।

शुरूवातदेखि नै फेस्टिभलले अग्रज तथा समकालीन लेखकहरूको साथ सहयोग पाएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताउनुभयो ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा नयाँ पुस्ताका साहित्यकार, लेखक तथा विचारकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्च तयार पारेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार भरत कोइरालाले इभेन्टहरूको शहर पोखरामा वर्षेनि हुँदै आएको लिटरेचर फेस्टिभलले शहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गर्नुभयोे । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया