प्रधानसेनापति म्यारथनको उपाधि पुरुषतर्फ खड्गबहादुर खड्का र महिलातर्फ सन्तोषी श्रेष्ठलाई

 फागुन १०, २०८१ शनिबार १५:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यस वर्षको प्रधानसेनापति खुला म्याराथनअन्तर्गत पुरुषतर्फ रणशेर गणका हुद्धा खड्गबहादुर खड्का र महिलातर्फको उपाधि सन्तोषी श्रेष्ठले प्राप्त गरेका छन् ।

४२ किलोमिटर लामो म्यारथन जितेका खड्काले तीन लाख, दोस्रो भएका कुमारी दल गणका प्युठ राजन रोकायले दुई लाख र तेस्रो भएका सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले एक लाख रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ तीन सय तीन जना सहभागी थिए ।

यस्तै पुरुषतर्फ २१ किलोमिटर लामो हाफ म्यारथनमा प्रथम भएका मुकेश पालले ७५ हजार, दोस्रो भएका गजिन्द्र राईले ५० हजार र तेस्रो भएका नरेन्द्र रावलले ३५ हजार रुपैयाँ प्राप्त गरे । हाफ म्यारथनमा आठ सय ६३ जना सहभागी थिए ।

महिलातर्फ २१ किलोमिटर दूरीको म्याराथनमा प्रथम भएकी सन्तोषी श्रेष्ठले ७५ हजार, दोस्रो भएकी पूर्णलक्ष्मी न्यौपानेले ५० हजार र तेस्रो भएकी निर्मला केसीले ३५ हजार प्राप्त गरे । नेपाली सेनाले २०७२ सालदेखि सेना दिवसको अवसरमा प्रतियोगिता गर्दै आएको हो ।  

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया