आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुभएको छ ।
नेपाललाई दिएको अनुदानबारे ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उहाँले अमेरिकी नागरिक अल्छी भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै उहाँले लेख्नुभएको छ, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसूस गराउनुभएकोमा धन्यवाद । हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्, त्यसैले हामी गरिब छौँ । तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्, तपाईं अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ । त्यसैले तपाईं गरिब हुनुहुन्छ ।’
मेयर शाहले अमेरिकाको डीभी लट्रीलाई लालचपूर्ण दासत्वको संज्ञा दिँदै ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।