च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३ सय १६ रनको लक्ष्य दियाे

 फागुन ९, २०८१ शुक्रबार १८:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३ सय १६ रनको लक्ष्य दिएको छ ।

कराचीको नेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन बनायो । दक्षिण अफ्रिकाका रायन रिकेल्टनले शतक तथा कप्तान तेम्बा बभुमा, रसी भान डेर डसेन र एडन मारक्रमले अर्धशतक बनाए । अफगानिस्तानका माेहम्मद नबीले २ विकेट लिए ।

अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएको हो । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।

पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया