सार्कको प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश सबैलाई जानकारीमा रहेको भारतको प्रतिक्रिया

 फागुन १०, २०८१ शनिबार ६:४३:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश र गतिविधिबारे दक्षिण एशियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।

देशको नाम नलिइकन भारतले पाकिस्तानलाई लक्षित गरी उसका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधाका रुपमा रहेको सङ्केत गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै भन्नुभयो ‘दक्षिण एशियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार रहेका छन् ।’

दक्षिण एशियाली समूहको पुनरुत्थानका लागि बङ्गलादेशको नयाँ दबाबले छलफल शुरू गरेपछि भारतको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो ।

विदेशमन्त्री जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच गएको हप्ता सार्कबारे ओमानको मस्कटमा छलफल भएको प्रवक्ता जैसवालले बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकमा विदेशमन्त्री जयशङ्करले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता व्यक्त गर्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एशियाका देशहरुको सङ्गठन हो । यसका सदस्य देशहरु नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।    
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया