च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र इङ्ग्ल्याण्ड खेल्दै
फागुन १०, २०८१ शनिबार
काठमाण्डाै – विश्वकप विजेता इटालीका चर्चित गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबलको फाइनलमा बुफोन नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको आयोजक नेपाल युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले बुफोन नेपाल आउने जानकारी दिनुभएको हो । यसअघि ब्राजिलका चर्चित खेलाडीहरू रोनाल्डिन्हो र रोबर्टाे कार्लाेसलाई प्रस्ताव गरेकोमा समय नमिलेपछि अहिले इटालीका गोलकिपर बुफोनलाई नेपाल ल्याउन लागेको अध्यक्ष थेबेले बताउनुभयो ।
बुफोनले सन् २००६ को फिफा विश्वकप जितेका छन् । उनी सबैभन्दा धेरै १ सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । बुफोनले इटालीका लागि ८० वटा खेलमा कप्तानीसमेत गरेका छन् ।
२ विदेशीसहित ९ वटा टोली सहभागी हुने केपी ओली कपको तेस्रो संस्करण पर्सि आइतवारदेखि शुरू हुँदैछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।