सार्कको प्रगतिमा बाधा पुर्याउन जिम्मेवार देश सबैलाई जानकारीम...
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – यस हप्ता शुरूदेखि नै लगातार बढेको सुनको भाउ आज हप्ताको अन्तिम दिन भने घटेको छ । आज सुनको भाउ हिजोको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ हप्ताभरकै धेरै तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । हप्ताको शुरू आइतवार र आज कारोबारको अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ ।
हप्ताको शुरूको दिन आइतवार तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँ रहेको थियो भने आज कारोबारको अन्तिम दिन तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै सोमवार तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँ, मङ्गलवार तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँ, बुधवार तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि हप्ताको अन्तिम दिन घटेको छ । हिजोको तुलनामा आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाकाे एक हजार नौ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ हप्ताकै धेरै तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम रहेको थियो । यस हप्ताको शुरू आइतवार तोलाको एक हजार नौ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज कारोबारको अन्तिम दिन एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ ।
शुरूको दिन आइतवार र आज अन्तिम दिनको तुलना गर्दा चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।