बर्दियाकाे सामुदायिक वनमा जङ्गली हात्ती मृत फेला

 फागुन ७, २०८१ बुधबार १५:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मिर्चैया गाउँको झरसलुवा सामुदायिक वनमा जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

मृत अवस्थामा फेला परेको जङ्गली हात्ती केही दिनअघि मरेको हुनसक्ने खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताउनुभयो । झण्डै ३५ वर्षको जङ्गली भाले हात्तीको एउटा दाह्रा पहिले नै काटिएको छ । यो हात्ती धेरै वर्ष अघिदेखि एक्लै हिँड्ने र निकुञ्ज नजिकका गाउँमा एक्लै गएर घरगोठ भत्काउने र अन्नबालीमा क्षति गर्दै आएको थियो ।

यसअघि फागुन ३ गते बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको थियो ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया