आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
कास्की – पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।
पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनमा रहेकाे विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराउनुभएको हो ।
पाेखरा विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरका विद्यार्थी आज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा झन्डै ४० हजार जना विद्यार्थी अध्ययनरत रहेका विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सधैँ इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।