च्याम्पियन्स ट्रफीमा भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

 फागुन ९, २०८१ शुक्रबार ६:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स ट्रफीमा भारतले विजयी शुरूवात गरेको छ । हिजो यूएईमा भएको खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूवात गरेको हो ।

२ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २ सय ३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए ।

बङ्गलादेशका रशिद हुसेनले २,तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।

बङ्गलादेशका तौहीद हृदोयले  शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया