नेपालका ५ जना खेलाडीले दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्ने

 फागुन ७, २०८१ बुधबार १८:२७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका पाँच जना खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही फागुन ११ गते पाकिस्तानको इस्लामावादमा हुने प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच जना पुरुष खेलाडीले भाग लिने भएका हुन् । प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि पाकिस्तान जाने भएकाे छ ।

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठ तथा जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दुरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया