साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

 फागुन ७, २०८१ बुधबार १५:११:१५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रे – काभ्रेको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ ।

सागको दररेट तोकेर गाउँपालिकाले स्थानीय बासिन्दासँग साग लिन सार्वजनिक अपीलसमेत गरेको छ । प्रतिकिलो २५ रुपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघाट तथा जिल्लाको अन्य बजारमा लैजाँदा महँगो भाडा पर्ने भएपछि गाउँपालिकाले खरिद गर्ने भएको हो । खत्रीका अनुसार आफूसँग अहिले रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ ।

यसअघि काभ्रेको मण्डनदेउपुर नगरपालिकाले मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको प्रयोग नगर्ने अठोटका साथ नगरपालिकाले स्थानीय उत्पादन मोहीको प्रवद्र्धन गर्न लागेको हो ।

नगरमा उत्पादन भएको दूध स्थानीय बजारमा बिक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध जिल्लाबाहिर पठाइने गरिएको नगर पशुपक्षी विकास शाखाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया