सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बालेनको जवाफ–‘अमेरिका अल्छीहरुक...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सिङ्गापुर र चेक रिपब्लिक पठाइदिने भन्दै साढे ७३ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाण्डौ महानगरपालिका–२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलामको सूर्याेदय नगरपालिका–१० घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।
सरनले सिङ्गापुर पठाइदिने भन्दै १३ जनाबाट ७१ लाख १९ हजार र मिकेशले चेक रिपब्लिक पठाइदिने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।