एन्फा महिला लिगमा आर्मीले वालिङलाई १२ गोलले हरायो
पुस २४, २०८१ बुधबार
बेलायतका एक सय ६० जनाभन्दा धेरै राजनीतिज्ञले आउँदो महिना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानसँगको खेल बहिष्कार गर्न इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) लाई आग्रह गरेका छन् ।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले महिलाहरूमाथि विभेद गरेको भन्दै बेलायतका राजनीतिज्ञहरूले आफ्नो टोलीले अफगानिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका जनाएका छन् ।
च्याम्पियन्स ट्रफीको नवौं संस्करण आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । यो प्रतियोगितामा इङ्गल्यान्ड र अफगानिस्तान एउटै समूहमा परेका छन् । समूह ‘बी’ मा रहेका इङ्गल्यान्ड र अफगानिस्तानबीचको खेल फेब्रुअरी २६ तारिखमा पाकिस्तानको लाहोरमा हुने तालिका छ ।
तर बेलायतका राजनीतिज्ञहरूले इङ्गल्यान्डको टोलीलाई अफगानिस्तानसँगको खेल बहिष्कार गर्न सुझाव दिँदै ईसीबीलाई पत्र पठाएका हुन् । उनीहरूले च्याम्पियन्स ट्रफीमा अफगानिस्तानसँगको खेल बहिष्कार गर्न ईसीबीलाई दबाब दिँदै आएका छन् ।
लेबर पार्टीकी सांसद टोनिया एन्टोनियाजीले अफगानिस्तानमा महिला र बालिकाहरूमाथि भइरहेको दुव्र्यवहारविरुद्ध बोल्न पत्रमार्फत इङ्गल्यान्डका खेलाडी र अधिकारीहरूलाई आग्रह गर्नुभएको छ ।
अफगानिस्तानमा तालिबान सरकारले महिला र बालिकाहरूमाथि गर्दै आएको व्यवहारको बेलायतसँगै अन्य देशले पनि विरोध गर्दै आएका छन् । यसैबीच इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।