साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – लगातारको कुहिरो र हुस्सुले तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण महोत्तरीका सबैजसो पालिकाले विद्यालय बन्द गरेका छन् । हुस्सु र कुहिरोका कारण बिहानदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक दिउँसोपछि एकतर्फी खुलेको छ । अहिले पनि सडक यात्रा जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ ।
तराई मधेशमा मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । तराई मधेशका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लाग्दै आएकोमा हिजो र आज झनै बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पूर्वी तराईमा दिउँसो केही कम भए पनि मध्य र पश्चिम तराईमा दिनभर बाक्लो हुस्सु लागेको छ । आज राति हुस्सु केही कम भए पनि भोलि पुनः हुस्सु लाग्ने सम्भावना रहेको झाले बताउनुभयो ।
भोलि पनि पूर्वी तराईमा दिउँसो केही कम भए पनि मध्य र पश्चिम तराईमा दिनभर नै हुस्सु लाग्ने सभ्भावना छ । मध्य र पश्चिम तराईमा घरबाहिर निस्कँदा कपडा भिज्ने खालको शीतलहर चलिरहेको स्थानीय बासिन्दा बताउँछन् । तर सरकारले शीतलहर घोषणा गरिसकेको छैन । शीतलहर चलेको घोषणा गर्न आवश्यक मापदण्डबारेमा सुक्ष्म अवलोकन गरिरहेको र सबै मापदण्ड पूरा भएमा घोषणा गर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो । शीतलहरमा मापदण्डहरू पूरा हुने चरणमा रहेको र आज बेलुकासम्मको तथ्याङ्क हेरेर निर्णय गर्ने उहाँको भनाइ छ ।
मौसमविद् झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्था लगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।