सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ ।
आज भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई १ सय १३ रनले हरायो । न्युजिल्यान्डले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ३० ओभर २ बलमा १ सय ४२ रनमा अलआउट भयो । श्रीलङ्काका कमिन्दु मेन्डिसले सबैभन्दा धेरै ६४ रन बनाए । न्युजिल्यान्डका विल ओरोर्कीले ३ विकेट लिए ।
यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले निर्धारित ३७ ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ७९, मार्क चापम्यानले ६२ रन बनाए । श्रीलङ्काका महीश थीकशनाले ह्याट्रिकसहित ४ विकेट लिए ।
न्युजिल्यान्डले पहिलो खेल ९ विकेटले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो शनिवार अकल्यान्डमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।