एन्फा महिला लिगमा आर्मीले वालिङलाई १२ गोलले हरायो
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – हेलिकप्टर कम्पनीहरूले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आज पनि उडान गरेका छैनन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने निर्णय फिर्ता लिएर हेलिकप्टर चलाउन सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको भए पनि खुम्बुपासाङल्हामु गाउँपालिकाले निर्णय नगरेका कारण कम्पनीहरूले उडान नगरेका हुन् ।
यसअघि निकुञ्ज र गाउँपालिकाले छुटाछुटै निर्णय गरेर खुम्बु क्षेत्रमा व्यावसायिक चार्टर्ड उडान गर्न रोक लगाएका थिए । त्यसको विरोधमा कम्पनीहरूले उद्धार उडानसमेत रोकेका छन् ।
हेलिकप्टर उडानकाे बारेमा निर्णय गर्न गाउँकार्यपालिकाको बैठक बसिरहेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो । जथाभाबी हेलिकप्टर उडान गर्दा पर्यावरणीय समस्यासँगै जनजीवन नै प्रभावित भएको खुम्बु क्षेत्रका बासिन्दाको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।