अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसीपको फाइनलमा, भारत बाहिरीयो

 पुष २१, २०८१ आइतबार ९:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै अष्ट्रेलिया आउँदो जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ ।

भारतले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका उस्मान ख्वाजाले सबैभन्दा धेरै ४१ रन बनाए । यस्तै बेयु वेबस्टर ३९ र ट्राभिस हेड ३४ रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णले तीन र महोम्मद सिराजले एक विकेट लिए ।

पाँच खेलको शृङखला अष्ट्रेलियाले ३–१ ले जितेको हो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने आशा जीवितै राख्न भारतलाई पाँचौ टेस्ट जित्नैपर्ने थियो । अस्ट्रेलियाले जीतसँगै बोर्डर गावास्कर ट्रफी आफ्नो पक्षमा पारेको छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया