एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निकाल्नुभएको विज्ञप्तिमा अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही चेतावनी दिएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मङ्सिर २२ गते कार्यपालिका बैठकबाट र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सरोकारवाला संस्थाले मङ्सिर २५ गते व्यावसायिक हेलिकप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाउने निर्णय गरेका थिए ।
हेलिकप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको वासस्थानमा असर परेको उनीहरूको भनाइ थियो । तर सङ्घीय सरकारको एकल अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गाउँपालिका र निकुञ्जको निर्णय संविधान विपरीत भएको बताएको थियो ।
तर पुस १७ देखि लुक्लादेखि सगरमाथा क्षेत्रमा पर्ने बस्तीमा रहेका धेरैजसाे हेलिप्याडमा खाबोसहित झण्डा झुन्ड्याउँदै हेलिकप्टर उडान गर्ने पाइलटलाई नियन्त्रणमा लिई कारबाही गर्ने अभिव्यक्ति दिएपछि व्यवसायीहरूले हिजोदेखि खुम्बु क्षेत्रमा बिरामी उद्धारलगायतका कुनै पनि चार्टर्ड तथा व्यावसायिक उडान स्थगित गरेका छन् । त्यसपछि स्थानीय प्रशासनले सार्वजनिक सूचना निकालेर हेलिकप्टर उडानमा अवरोध नगर्न चेतावनी दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।