एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – मोरङका एमाले नेता अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै ३० लाख ८० हजार रुपैयाँ असुल गरेको आरोप छ । पोखरेल सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव थिए ।
पैसा लिएको घटना सार्वजनिक भएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट हटाउनुभएको थियो । पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्निसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।