खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – सर्वोच्च अदालत बार एशाेसिएसनकाे अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि भएको चुनावमा पोखरेलले तीन सय ६८ तथा उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल र महिला सदस्यमा शशि बस्नेत विजयी हुनुभएको छ । खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली विजयी हुनुभएको छ ।
कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि हिजो चुनाव भएको हो । सदस्य मैनालीबाहेक अरू सबै लोकतान्त्रिक समूहबाट निर्वाचित हुनुभएको छ । मैनाली प्रगतिशिल समूहको हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।