बझाङमा फेरि जीप दुर्घटना, चालकको ज्यान गयो
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डाै बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालयलाई ताहाचलमा सारिने भएको छ ।
जेठ २१ गतेदेखि आँशिक रुपमा र असार १ गतेदेखि पूर्णरुपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ । ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रैबाट विभागले सेवा प्रवाह गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिलेसम्म विभागले काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिइ सेवा दिँदै आएको छ । तर हालको ठाउँ सेवा प्रवाहको लागि सानो पर्दा विभागलाई समस्या भइरहेको छ । विभागमा दैनिक सयौँको संख्यामा सेवा लिन आउनेहरुको लागि पार्किङको समेत समस्या रहेको छ ।