शेयर बजार दाेहाेराे अङ्कले घट्याे, काराेबार रकममा पनि कमी
पुस ७, २०८१ आइतबार
खोटाङ – वैदेशिक रोजगारी सम्बन्धी सचेतनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गन्धर्व गीति यात्रा सुरु गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो सबै वडामा सञ्चालन गर्ने गरी गएको जेठ २९ गते दिक्तेलबाट गन्धर्व गीति यात्रा गरिएको हो ।
गीत सङ्गीतको माध्यमबाट वैदेशिक रोजगार सम्बन्धी सचेतना मूलक सन्देश फैलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत गन्धर्व गीति यात्रा सुरु गरेको हो ।
अहिलेसम्म नुनथला, जालपा, विजयखर्क, बुइपा, बाम्राङ, लफ्याङ, खाल्ले, सोल्मा, खार्मी पाथेकामा गन्धर्व गीति यात्रा सकिएको छ ।
गन्धर्व यात्राका क्रममा ‘स्वदेश मै रोजगारी गरौं, विदेश जाने हो भने बुझेर र सीप सिकेर मात्र जाऔँ’, ‘वैदेशिक रोजगारीमा संलग्न परिवारलाई हिंसा आरोप र लाञ्छना नलगाऔँ, विदेशमा कमाएको पैसालाई सदुपयोग गरौँ’ लगायतका सन्देश बोकेका बढीमा ७ वटा गीत सुनाउने गरिएको छ ।