आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले उज्यालोलाई बताउनुभयो ।
‘श्रम स्वीकृति लिएर गएका भए पनि अन्य कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो’, सुवेदीले भन्नुभयो, ‘एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइयाे, यस्तै देखाउने भिसा एउटा र झोलामा अर्कै भिसा र कागजात भएका पनि देखिए ।’
उहाँकाअनुसार बुधबार बेलुकी ९८ जना र बिहीबार बिहान २८ जना गरी जम्मा एक सय २६ जनालाई कुवेत जानबाट रोकिएको हो । उनीहरुमध्ये अधिकांश महिला रहेको सुवेदीले बताउनुभयो ।
अध्यागमनले उनीहरुलाई घरेलु कामदारको रुपमा जान लागेको आशंका गरेको छ । घरेलु श्रमिकका रुपमा कुवेतमा जान मिल्दैन । तर विभिन्न म्यानपावर कम्पनीहरुले झुटा विवरण पेस गरेर घरेलु कामदारमा पठाउन खोजेको भन्ने सूचनाका आधारमा अध्यागमनमा कडाइ गरिएको सुवेदीले बताउनुभयो ।
अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरी यसरी श्रमिक पठाउने म्यानपावर कम्पनीमाथि थप कारबाही अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।
Chetraj Bhandari
July 14, 2023, 12:38 p.m.यस्ता मेनपावरलाई कारबाहि गर्नु पर्याे एक युवाले देशमा बस्न नपाईने अनि अर्काे देशमा पनि ठगिनुपर्ने याे कस्ताे कानुन हाे नेपालकाे
पुरुशोत्तम अर्याल
July 13, 2023, 8:23 p.m.कुवेतमा येसरी इलिगल रुपमा आउने धेरै छन|हतारको निर्णयले फुर्सदमा पछुताउन भन्दा पहिल्यै बिचार पुर्याउनु पर्छ कुवेतमा अलपत्र पर्दा हेर्न कोहि हुदैन ।फेरि जताततै नेपालीले येताको कानुनबिपरित काम गरेर हामी नेपालिलाई हेर्ने नजरिया समेत घटेको छ,जताततै पुलिसले नेपालीलाई समातेको समाचार आउँदा यो मन खल्लो हुन्छ ।
Magar bauza
July 13, 2023, 5:32 p.m.जसरी जन्ता ठक्नु छ लुट्नु छ युवा जति देश मै नरखने सरकार को योजना छ देश मा भए भर को उद्योग कारखाना बेचेरा सकियो खोला नाला मिल्नि ठाँउ को जाति जग्गा पनि बेचि साकियो अब बाँकि रहेका यही युवा ता छ यि युवा हरु को रगत पसिना खाउ कति खान्छौ नेपाली लाई जति बिदेश पठाउ शरणार्थी बानाउ बिदेशी लाई नागरिता देउ