एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
काठमाण्डौ – तपाईँ यूएईमा कार्यरत हुनुहुन्छ ? सामाजिक सञ्जालको प्रयोग त पक्कै गर्नुहुन्छ होला ।
सामाजिक सञ्जालमा केही लेख्दा वा कुनै पनि सामग्री सेयर गर्दा विशेष ध्यान पुर्याउनुहोस् । नत्र सामाजिक सञ्जालमा लेखेकै भरमा तपाईँले जेल र जरिबाना भोग्न पर्ने हुन सक्छ ।
किनकि पछिल्लो समय यूएईले सामाजिक सञ्जालमार्फत हुने विभिन्न खालको गतिविधिलाई रोक्न साइबरक्राइम सम्बन्धी कानुनलाई कडा बनाएको छ । तपाईँले सामाजिक सञ्जालमा लेखेको, बनाएको भिडियो र तस्बिरहरूले कानुनको उलङ्घन भएमा अनावश्यक झमेलामा पर्न सकिन्छ ।
अनलाइनमार्फत गरिने कुनै पनि गालि बेइज्जती र मानहानिलाई यूएईले कडा रूपमा हेर्छ । कोही पनि व्यक्तिले सामाजिक सञ्जालमार्फत अरूको आत्मसम्मानमा चाेट पुग्ने वा चरित्रहत्या हुनेगरी गलत सूचना र जानकारीहरू प्रस्तुत गरेमा कडा कानुनी कारबाही हुने छ ।
जरिबाना र जेल सजाय दुवै हुनसक्ने कानुनी व्यवस्था छ । त्यसैले कुनै पनि सूचना वा जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गर्नुअघि वा आफूले नै पनि विषयमा लेख्नुअघि त्यो कुरा सत्य हो कि होइन भनेर अनिवार्य जाँच गर्नुपर्छ ।
यस्तै यूएईको संशोधित कानूनले अनलाइनमार्फत कसैलाई धम्की दिने वा अरूलाई असर पर्ने खालको गतिविधि गरेमा पनि त्यसलाई अपराधको रूपमा मानेको छ । सामाजिक सञ्जालमार्फत यता गतिविधि गरेमा जेल र जरिबाना दुवै सजाय हुन सक्ने छ ।
यस्तै यूएईमा बसोबास गर्ने जो कोहीले पनि इस्लाम वा अन्य कुनै धर्म वा संस्कृतिलाई चोट पुर्याउने खालका गतिविधिहरू सामाजिक सञ्जाल गर्न प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमार्फत कुनै पनि धर्म, संस्कृति वा राजनीतिसँग सम्बन्धित सामग्री सेयर गर्दा पनि सावधानी अपनाउन पर्छ ।
यूएईले अनुमति बिना कोही कसैको फोटो वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्नुलाई पनि अपराध मानेको छ । त्यसकारण सार्वजनिक स्थलहरूमा कोही कसैको फोटो वा भिडियोहरू खिच्दा र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा विशेष ध्यान दिन पर्छ ।
कोही पनि व्यक्तिको व्यक्तिगत गोपनीयतालाई भङ्ग हुने खालका सामग्री सामाजिक सञ्जालमार्फत राख्नुलाई पनि यूएईले अपराधको रूपमा हेर्ने गरेको छ ।
यसका साथै यूएईमा कार्यरत हुनुहुन्छ भने सामाजिक सञ्जालमार्फत कोही कसैलाई गालीगलौज नगर्नुहोस् । सामाजिक सञ्जालमार्फत कोही कसैलाई लिङ्ग, जातियता, धर्म, रङजस्ता कुनै पनि कुराले अवहेलना गरेमा, होच्याएमा कडा कारबाही हुन्छ ।
सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि गरेमा जेल, जरिबाना र देश निकालासम्मको सजाय हुने छ ।
Raj ghimire
Aug. 4, 2023, 10:11 p.m.साउदीमा फांसी मा चढाएर तेरो अन्तिम इच्छा केछ भनेर सोध्छ सावधान!!!
Manoj kumar suyal
Aug. 4, 2023, 1:45 p.m.साउदी मा चाहिँ कस्तो नियम छ जानकारी पाउन