रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग नै बनाएर सबै नेताहरूको सम्पत्ति छानबिन गर्न शीर्ष नेताहरूलाई सुझाव दिनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै महामन्त्री थापाले आफू सरकारमा हुँदा फाइल नखोल्ने तर सरकारबाट बाहिरिएपछि ‘फलानो नेता भ्रष्टाचारी हो’ भन्दै हिँड्ने प्रवृत्ति बढेको भन्दै आयोग बनाएर सबै काण्डको छानबिन गर्न सुझाव दिनुभएको हो । यसका लागि सबै दलका शीर्ष नेताहरूबीच छलफल हुनुपर्ने र कुन कुन फाइल खोल्ने भन्ने निधो हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
यसरी छानबिन नगरेसम्म आममानिसमा सबै नेताहरू भ्रष्टाचारी हुन् भन्ने भ्रम र बुझाइ रहिरहने भएकाले यसको समाधान गर्नुपर्ने गगन थापाको भनाइ छ । ‘बनाउने भए शक्तिशाली आयोग बनाऔँ । सबैको सम्पत्ति छानबिन गरौँ । यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर भाषणबाजी नगरौँ’, उहाँले भन्नुभयो ।
अहिले कसैलाई खुइल्याउनुपर्याे भने ‘फलानो नेता त भ्रष्टाचारी हो’ भनिदिए पुग्ने अवस्था रहेको भन्दै गगन थापाले विधेयक बनाएर शक्तिशाली आयोग बनाउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।