शिल्यान्यास गरेको पाँच वर्षसम्म पनि दार्चुलाका तीन वटा अस्पताल भवनको काम ठप्प

 पुष २०, २०८१ शनिबार १५:१२:२६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दार्चुला – शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन वटा अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । २०७७ सालको मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात वटा ठाउँमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो ।

अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाण्डाैसम्म पुग्नुपर्ने बाध्यता छ । अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउनुहुन्छ ।

लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर शुरु भएको छ । सात करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताउनुभयो ।

दुहुँ गाउँपालिकामा पनि १० शैय्या अस्पताल निर्माण गर्न मायमुना, कौशिल जगदम्बा जेभीले आठ करोड २९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । यसैगरी व्यास गाउँपालिकामा २४ करोड ७६ लाख ८५ हजार रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण शुरु भएको थियो । अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैय्या अस्पताल निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया