नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी–२० क्रिकेट आज

 बैशाख १९, २०८१ बुधबार ७:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टी –२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टी–२० श्रृङ्खला एक/एक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

श्रृङ्खलाको चौथो खेल भोलि बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । आजको खेलको प्रदर्शनका आधारमा नेपालले केही खेलाडी टी–२० विश्वकपका लागि छनोट गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आजसम्ममा सहभागी हुने सबै २० देशका लागि नाम टुङ्गो लगाउन यसअघि नै निर्देशन दिएको थियो ।

भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायतका केही देशले आफ्ना खेलाडीको टुङ्गो लगाइसकेका छन् । विश्वकप क्रिकेट अघि वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया