जापानमा खाली घरको सङ्ख्या ९० लाख पुग्यो

 बैशाख १९, २०८१ बुधबार १८:२६:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा खाली घरहरूको सङ्ख्या ९० लाख नाघेको छ । पाँच वर्षमा पाँच लाखले बढेर खाली घरहरूको सङ्ख्या ९० लाख नाघेको जापानको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जापानमा अहिले कुल घरको झन्डै १४ प्रतिशत घर खाली रहेका छन् । आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण प्रतिवेदनअनुसार विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घर उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली भएका हुन् ।

खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् । तीन लाख ३० हजार बिक्रीका लागि छन् । तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग हुन्छन् । खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन् ।

पछिल्लो ३० वर्षमा जापानमा खाली घरहरूको सङ्ख्या दोब्बरले बढेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया