बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव

 बैशाख २०, २०८१ बिहिबार ६:४३:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विज्ञ समूहले बुझाएको प्रतिवेदनमा बालबालिकालाई ११ वर्ष नपुगिकन साधारण मोवाइल समेत नदिन र तीन वर्ष नपुगी टेलिभिजनसहित कुनै पनि स्क्रिन नदेखाउन सुझाव दिएको छ । यस्तै प्रतिबेदनले १५ वर्ष नपुग्दासम्म कुनै पनि सामाजिक सञ्जालबाट टाढा राख्न र १८ वर्ष नपुगिकन टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता व्यापक बजारीकरण भएका सामाजिक सञ्जाल चलाउन नदिन सुझाव दिएको छ ।

कथा सुनाउने प्रयोजनबाहेक बालबालिकालाई अडियो खेलौना समेत दिन नहुने प्रतिबेदनको सुझाव छ । राष्ट्रपति म्याक्रोँले बालबालिकाको स्क्रिन प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्न आवश्यक सुझाव दिन वैज्ञानिक र विज्ञहरूलाई आग्रह गर्नुभएको थियो । फ्रान्सले बालबालिकाको स्क्रिन समय कम गर्ने प्रयास गरिरहेको छ ।

विज्ञहरुको प्रतिवेदनमा नयाँ प्रविधि बजारमा बालबालिका वस्तु बन्दै गएको भन्दै बालबालिकालाई त्यसबाट बाहिर निकाल्नु आवश्यक रहेको उल्लेख छ । प्रतिबेदनमा बालबालिकाका आमा तथा हेरचाह गर्ने व्यक्तिले पनि फोनको प्रयोग सकेसम्म कम गर्नुपर्ने सुझाव दिइएको छ ।

बाल मनोव्रज्ञानिक, वरिष्ठ वाल चिकित्सक लगायत सहभागी टोलीको प्रतिबेदनमा स्क्रिनले बालबालिकाको आँखा, मेटाबोलिजम, बौद्धिकता, ध्यान र संज्ञानात्मक प्रक्रियालाई नकारात्मक असर गरिरहेको उल्लेख छ ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया