सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे

 बैशाख २१, २०८१ शुक्रबार १२:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया