सडक भत्किएपछि मर्मतका लागि कान्ति लोकपथ बन्द

 बैशाख २१, २०८१ शुक्रबार १२:२:८ | रासस
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – काठमाण्डौलाई हेटौँडामा जोड्ने छोटो दुरीको सडक कान्ति लोकपथ बन्द भएको छ । मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताउनुभयो ।

काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिन वाल पूर्णरूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याबिन वालमा क्षति भएकाले सडकमा गाडी सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म यो सडक बन्द रहने इन्जिनियर महर्जनले  बताउनुभयो ।

मर्मतका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको याे सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै गाडी आवतजावतका लागि खुला गरिएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया